दफा
पानीको स्रोतमा अधिकार;
(१) यस ऐन तथा प्रचलित कानूनको अधीनमा रही पानीको स्रोतमा नेपाल सरकारको अधिकार हुनेछ।

(२) कुनै व्यक्ति वा समुदायले परम्परागत रुपमा घरेलु प्रयोजनको“लागि उपयोग गर्दै आएको खानेपानीमा सोही प्रयोजनको लगि त्यस्तो व्यक्ति वा समुदायको अग्राधिकार रहनेछ। (३) कुनै खानेपानी प्रणालीबाट कुनै व्यक्ति, बस्ती, समुदाय, विध्यालय, अस्पताल, मठ, धार्मिकस्थल जस्ता सामाजिक संस्थाका लागि उपलब्ध भएको खानेपानी सेवा अर्को वैकल्पिक व्यवस्था नभएसम्म सो खानेपानी प्रणालीबाट खानेपानी सेवाप्राप्त गर्ने अधिकार त्यस्तो व्यक्ति, बस्ती, समुदाय, विद्यालय, अस्पताल, मठ धार्मिकस्थल जस्ता सामाजिक संस्थाको हकमा सुरक्षित रहनेछ।